नागरिकलाई सर्वशुलभ सेवा दिन पत्रकार महासंघ बाँकेले एम्बुलेन्स खरिद गर्ने

|

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको शुक्रबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ । अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस महामारीले बाँकेका पत्रकारलाई पारेको समस्या र समाधानका लागि भएका कामहरुको समिक्षा गर्दै एम्बुलेन्स खरिद गर्नेसमेतको निर्णय गरेको हो ।

गरेको विभिन्न निर्णयहरूमध्ये सामान्य अवस्थामा समेत अस्पतालहरुमा बिरामीको चाप बढ्दो छ । त्यसैले जो कोहीलाई पनि कुनै बेला एम्बुलेन्सको अभाव एवं आवश्यकता महसुस भइरहेको हुन्छ । कोरोना महामारीलाई मध्यनजर राख्दै नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा पत्रकार तथा आम नागरिकलाई सर्वशुलभ रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्ने निर्णय गरिएको छ ।

मुनाफारहित सेवाभावले खरिद गर्न लागिएको एम्बुलेन्सको आर्थिक व्यवस्थापनका लागि उपाध्यक्ष संगीन शर्माको संयोजकत्वमा सात सदस्यीय ‘आर्थिक सहयोग संकलन समिति’ गठन गरिएको छ ।साथै एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गर्न सम्पूर्ण पत्रकार, सञ्चारगृह, उद्योगी, व्यवसायी, समाजसेवी, सरकारीरगैरसरकारी निकाय सबैलाई नेपाल पत्रकार महासंघ बाँके शाखा सार्वजनिक रुपमा आव्हान गरेको छ ।

यस्तै महासंघ बाँकेको अनुरोधमा बाँकेका पत्रकारहरुलाई निःशुल्क स्वास्थ्य उपचार तथा परामर्श गरिरहनु भएका डा।सुभाष योगी र स्वास्थ्य सामाग्री प्रदान गर्नु हुने सबैमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै निरन्तर सहकार्यका लागि अनुरोध गरेको छ ।

२०७८ बैशाख ३१, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।