ओली प्रधानमन्त्रीमा पुनः नियुक्त हुँदै

|

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । नेपाली काँग्रेस–नेकपा माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउन नसक्ने भएपछि आजै राति राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त हुने भएका हुन् ।

ओली गत मंगलबार विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए। ओली पदमुक्त भएसंगै राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि आज (बिहिबार) राति ९ बजेसम्मको समय दिएकी थिइन् ।

तीन दिनको समयसीमामा शेरबहादुर देउवा, पुष्प कमल दाहाल (प्रचण्ड)र उपेन्द्र यादवले बहुमत प्रमाणित गर्न नसकेपछि अन्ततः ठूलो दलको रूपमा ओली नै प्रधानमन्त्री नियुक्त हुनेभएका हुन् ।

२०७८ बैशाख ३०, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।