
जनकपुर । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उलफित्रको अवसरमा प्रदेश २ सरकारले शुक्रबार सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकोले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन मुख्य मन्त्री लालबाबु राउतले अपिल गर्नु भएको छ । पर्वको अवसरमा मुख्य मन्त्री राउतले शुभकामना सन्देश जारी गर्दै कोरोनाका कारण हर्षोउल्लासका साथ पर्व मनाउने अवस्था नरहेकोले घरमा सुरक्षित भएर ईद पर्व मनाउन आग्रह गर्नु भएको छ ।