रेमडिसिभिरको कालोबजारी गर्ने नेपालगञ्जका दुई पक्राउ

|

नेपालगञ्ज । कोरोना संक्रमित विरामीका लागि प्रयोग हुँदै आएको रेमडिसिभिर चर्को मूल्यमा विक्री गर्ने नेपालगञ्जका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चर्को मुल्यमा बिक्री गर्ने नेपालगञ्ज उपमहानगरपालिका(८ का २३ वर्षीय मोहम्मद जावेद अनसारी र अर्का नेपालगञ्ज उपमहानगरपालिका(११ का २५ वर्षीय हारुन अंशुलाई बुधबार बिहान नेपालगञ्जबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले दुई भायल रेमडिसिभिर रु २५र२५ हजारमा विक्री गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एव प्रहरी उपरिक्षक ओम बहादुर रानाले जानकारी दिनुभयो ।

प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।

२०७८ बैशाख २९, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।