कोरोना भाइरस संक्रमणबाट महिलामा पर्ने असर: जानुका न्यैपाने

|

२७ वैशाख, दोलखा । कोरोना सङ्क्रमणले गर्दा उत्पन्न परिस्थितिका कारण ठूलो सङ्ख्यामा अनिच्छित् गर्भधारण हुने जोखिम बढेको छ। यदि हाल लागु गरिएको जस्तो लकडाउन ६ महिनासम्म निरन्तर भए खासगरि निम्न तथा मध्यम आय भएका देशहरूमा ४ करोड ७० लाख महिलाहरूले परिवार नियोजनका साधनमा पहुँच गुमाउनेछन् ।

त्यसको परिणामस्वरूप ७० लाख अनिच्छित गर्भधारण हुनसक्ने अनुमान संयुक्त राष्ट्र संघले गरेको छ । त्यो संख्याभित्र नेपाली महिलाहरू पर्छन्, अझ महिला हिंसामा पनि वृद्धि हुने खतरा बढी छ । यो अवधिमा लैंगिक हिंसाका ३ करोड १० लाख घटना हुनसक्ने अनुमान गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि वागमती प्रदेशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएपछि विशेषगरी महिलाहरू नै मारमा परेका छन् । त्यसमा पनि गर्भवती महिला सबैभन्दा बढी समस्यामा परेका छन् ।

अस्पताल जाँन कोरोना भाइरसको संक्रमणको जोखिमका कारण स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका छन् । जसकारण गर्भवती महिलाको स्वास्थ्य अवस्था जोखिममा परेको छ । अझ जोखिम बढ्नेछ ।
कोरोना महामारी नियन्त्रणका लागि स्थानीय सरकारले निशेधाज्ञा जारी गरेपछि गर्भवती र सुत्केरी महिलाहरू स्वास्थ्य संस्था जान डराएका छन् । धेरैको नियमित गरिने गर्भ परीक्षण रोकिएको छ । दोलखा जिल्लाको चरिकोट अस्पतालले भने गर्भ परीक्षण र प्रसूती सेवाका लागि छुट्टै युनिट सहित स्वास्थ्यकर्मीको टोली छुट्याएर सेवा प्रदान गरिरहेको छ । कोरोना संक्रमितहरूको उपचारको लागि छुट्टै युनिट र टोली बनाएर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ भएतापिन महिलाहरू आउन डराएका छन्, सेवाबाट प्रभावित भएका छन् ।

कतिपय महिला निशेधाज्ञाका कारण ग्रामिण भेगबाट यातायात सञ्चालन हुन नसक्दा गर्भवती, परिवारनियोजनका अस्थायी साधन प्रयोगकर्ताहरू स्वास्थ्य संस्था, अस्पताल जाने वातावरण छैन । यस्ता महिलाहरूलार्इ स्वास्थ्य प्रदान गर्न चरिकोट अस्पतालले छुट्टै युनिट तयार त गरेको छ तर कोरोना महामारीकै कारण सेवा लिन बाट वञ्चित भएका छन् । अन्य निजी अस्पतालले समेत गर्भवती महिलालार्इ सेवा दिएका छैनन् । स्थानीय समुदायस्तर सम्मै महामारी फैलिएर स्वास्थ्यकर्मी नै कोरोना संक्रमित हुन थालेपछि ग्रामीण भेगका स्वास्थ्य सेवा पनि प्रभावति बन्दै गएको छ ।

यसको प्रत्यक्ष असर आमा र शिशु दुबैमा पर्ने चिकित्सकहरू बताउँछन् । यसमा सरोकारवालाहरूको ध्यान जानु अfवश्यक छ ।आमा र बच्चा जोखिममा पर्ने एउटा गम्भिर समस्या छ भने अर्कोतर्फ कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गरेको निशेधाज्ञा पछि को अवस्था कामको शिलशीलामा शहर तथा बाहिर गएका पुरूषहरू घर फर्किएर सम्पूर्ण परिवारका सदस्यसंगै लामो समय बिताउँन पाएको क्षण एक हिसाबले त खुशीको कुरा हो । तर,अर्कातर्फ कोरोना भाइरस संक्रमणको भय, डर, त्रासका कारणले अस्पताल जान नपाएर परिवारनियोजनका अस्थायी साधन लिनबाट वञ्चित भएका र हुनेछन् महिलाहरू।
यसरी अस्थायी साधन प्रयोगकर्ताहरूको साधन नै नपाएर अनिच्छित गर्भ रहने जोखिम बढेको र बढ्नेछ । फलस्वरूप गर्भपतनको संख्या बढ्ने जोखिम उच्च छ ।

उसै त असुरक्षित गर्भपतन गराउँनेको जोखिम छँदै थियो । झन अब अस्पताल जान नसक्ने वातावरण र पति पत्नि नियमित संगै बस्ने, फूर्सदिलो हुने भएका कारण गर्भपतन र असुरक्षित गर्भपतनको संख्या बढ्ने देखिन्छ । परिणामस्वरूप अस्वस्थ महिला झनै अस्वस्थ हुने, भ्रुणहत्या बढ्ने हुनाले पनि एक प्रकारको महिलामाथि हुने गम्भिर प्रकृतिको हिंसा बढ्छ भन्ने आँकलन हो।यो अबस्थालाई मध्यनजर गरी प्रजनन् स्वास्थ्य योजना तत्काल बन्नु जरूरी छ ।

यदि यस तर्फ समयमै सरोकारवाल जिम्मेवार निकायको ध्यान पुगेन भने बलात्कार,आत्महत्या,गर्भपतन जस्ता घटनाहरू बढ्ने जोखिम दर उच्च रहनेछ ।
महिलाहरूभित्र किशोरकिसोरीहरू पनि हिंसामा पर्नसक्ने जोखिम उच्च देखिन्छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निशेधाज्ञाका कारण शहरमा तथा घर छोडेर बाहिर काम तथा अध्ययनका शिलशीलामा गएका सम्पूर्ण पुरूष, युवा, किशोरहरू रोजगार, विद्यालय तथा क्याम्पस बन्द भएर गाउँ फर्कनु,उनीहरूको तत्काल दीर्घकालीन काम नहुनुले कुलतमा फस्ने, लागू पदार्थ दुर्व्यसनी बढ्ने, बलात्कार,सामूहिक बलात्कारका घटनाहरू बढ्ने उच्च जोखिम रहेको छ ।

जसका कारण किशोरीहरू हिंसाग्रस्त बन्ने,असुरक्षित गर्भपतन गराउने, अत्महत्या गर्ने अवस्थासम्म पुग्ने उच्च जेखिम रहेका कारण युवा तथा किशोरकिशोरी लक्षित सन्देशमूलक कार्यक्रमहरू विभिन्न समाचार माध्यम, सञ्चारगृह र सञ्चारकर्मीहरूले प्रकाशन, प्रसारण तथा प्रचार प्रसार गर्नुपर्ने अहिलेको मूख्य विषय हो ।

कोरोना भाइरसका सूचना, समाचारहरू मात्रै नभएर किशोरावस्थाका समस्या, सरोकार र अfवश्यकता, अनि समस्या समाधानका सकारात्मक उपायहरूका बारेमा सन्देशमूलक कार्यक्रमहरू प्रकाशन, प्रसारण तथा प्रचार, प्रसार गर्नु अवश्यक छ ।
परिवारका सदस्य (पुरूष, युवा, किशेरकिशेरीहरूको) फूसर्दको समयको सही प्रयोगका लागि नयाँ नयाँ रचनात्मक, सिर्जनात्मक र कृषि कार्यमा संलग्न रहन उत्साहजनक, सकारात्मक सफल कार्यक्रमहरू प्रसारण, प्रकाशन तथा प्रचार प्रसारका सामाग्रीहरूको अध्ययनमा लाग्न अभिभावकले नै उत्प्रेरणा जगाउनु अभिभावको दायित्व, जिम्मेवारी र सकारात्मक भूमिका हुनु जरूरी छ ।

अभिभावकले परिवारका सम्पूर्ण सदस्य सँगै बस्ने, सकारात्मक छलफल गर्ने, सामूहिक रूपमा कामहरू गर्ने, व्यवहारिक पक्षको जानकारी गराउने, निग्रानी गर्ने जस्ता कार्यहरू गर्नु अहिलेका युवा किशोरकिशोरीहरूको लागि अभिभावकत्व ग्रहण गर्नु हो । अर्कोतर्फ कोरोना भाइरस संक्रमणको महामारीको समयमा पनि सभ्य समाज निमार्णको लागि महत्वपूर्ण योगदान हो । र, आफ्ना सन्तानहरूलाई सू–सूचित र सभ्य बनाउँने महत्वपूर्ण अवसर हो,यही सूवर्ण अवसरको सही सदुपयोग गरेर अगाडि बढ्नु पर्छ ।

अफ्ना परिवारका सदस्य अर्थात् किशोरकिशोरी र युवाहरूलार्इ कूलतमा फस्न, लागू पदार्थ दुर्व्यसनी, सामाजिक अपराधिक कार्यमा फस्नबाट र अन्तमा अत्महत्या जस्तो जोखिम मोल्नबाट जोगाउँन निरन्तर सकारात्मक व्यवहारको गर्नु जरूरी छ ।

यस्ता व्यवहारिक ज्ञान प्राप्ती सँगै कोरोना भाइरसको संक्रमणबाट पनि जोगिनेछन् । अनि तपार्इं हाम्रा छोराछोरी सभ्य र सशक्त पनि बन्नेछन्, सुरक्षित, हिंसारहित सिर्जनशील, रचनात्मक र व्यवहारिक बन्नेछन् । अन्यथा गत वर्ष २०१९ को जस्तै तपार्इं हाम्रा परिवारका सदस्य हामीले विगतमा सुनेका हाम्रै वरपरका अfपराधिक घटनाका पात्र जस्तै नबनुन् ।

हाम्रा कशोरकिशोरीहरू, छोरी, बुहारीहरू बलात्कृत हुनबाट सुरक्षित रहुन । असुरक्षित गर्भपतन, भ्रुणहत्या, अत्महत्या, हत्या जस्ता अfपराधिक तथा हिंस्रक घटनाहरू नहुन भन्ने मूख्य विषय बन्नु पर्छ हाम्रो । संक्रमण नियन्त्रण, उपचारसँगै यस्ता सकारात्मक व्यवहार सबैको प्राथमिकतामा पर्नुपर्छ अहिले !यसमा सम्पूर्ण सरोकारवालाहरुको ध्यान जानु पर्छ र जानेछ ।
समस्या देखा पर्नुको कारण धेरै छन् जस्तैः कारोना संक्रमणका कारण अर्थिक, शैक्षिक, रोजगारी, स्वास्थ्य, सामाजिक, राजनीतिक, मनोरञ्जनात्मक लगायतका नियमित कार्यहरूमा संलग्न हुन नपाउनु नै अहिलेको लागि मुख्य सवाल बनेको छ । यदि निशेधाज्ञा थपिंदै गएमा भोक, दीर्घ रोग,आफन्त गुमाउनु परेको शोक, गरिवि, अर्थिक अभाव लगायत थुप्रै समस्याहरू मध्यम तथा निम्न मध्यम वर्गका नेपालीहरूमा देखा पर्ने उच्च जोखिम बढेको छ बढ्ने छ । यी मूख्य समस्याहरू गत वर्ष देखा परेका मूख्य समस्या हुन् ।

त्यसबाट थिलथिलिएर बल्ल बल्ल केही मुन्टो उठाउन लाग्दै गरेको अवस्थामा दोस्रो चरणको कोरोना संक्रमणले थप डर, त्रास, भयले नेपाल र नेपालीहरूमा उल्लेखित समस्याहरू देखा पर्नसक्ने जोखिम बढेको छ ।
यी समस्याको हल सामूहिक रूपमा समाधान गर्न सरोकारवालाहरूको ध्यान जानु आवश्यक छ ।  

१.महामारीकै अवस्थामा महिलाहरू बीच यस्ता सवालहरू पनि उठेका छन्, के गर्भवती महिलाबाट बच्चामा कोरोनाभाइरस सर्न सक्छ?

हालसम्म उपलब्ध जानकारीका आधारमा गर्भावस्थामा आमाबाट बच्चामा यो भाइरस सर्ने वा नसर्ने तथा उक्त भाइरसले बच्चामा पार्ने असरका बारेमा पर्याप्त तथ्य उपलब्ध छैन। यस विषयमा हाल अध्ययन भइरहेको छ। गर्भवती महिलाहरूले भाइरसबाट जोगिन उपयुक्त सावधानी अपनाउनु पर्दछ र ज्वरो, खोकी वा सास फेर्न कठिनाईजस्ता लक्षणहरू देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ। यो बारेमा समग्र नेपाली महिलाहरू जानकार र सचेत हुनु पर्छ ।

 २.कोरोनाभाइरस बाट संक्रमित आमाले स्तनपान गराउनु सुरक्षित हुन्छ?
कोरोना भाइरस प्रभावित तथा यसको जोखिम भएका स्थानमा बसोबास गर्ने सबै आमाहरूले ज्वरो, खोकी वा सास फेर्न कठिनाईजस्ता लक्षणहरू देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ र प्राप्त सल्लाह अनुसार गर्नुपर्दछ । स्तनपानको महत्व र भाइरस प्रसारणमा यसको नगन्य भूमिकालाई ध्यानमा राख्दै स्तनपानलाई निरन्तरता दिन सकिन्छ तर भाइरसबाट जोगिनका लागि अन्य सावधानीहरू भने अपनाउनु पर्दछ।
लक्षण देखिएका तर सबल आमाहरूले भने स्तनपान गराउँदा र बालबालिकासँग नजिक हुँदा मास्क लगाउने, बालबालिकाको सम्पर्कमा आउनुभन्दा अगाडि तथा पछाडि हात धुने,संक्रमित वस्तु तथा सतहहरूलाई जिवाणु नाश हुने गरि सफा गर्ने गर्नुपर्दछ जुन अन्य अवस्थामा पनि कोभिड-१९ भएको शंका लागेका वा संक्रमित बालबालिका तथा वयस्कहरु सँग अन्तर्क्रिया गर्दा अपनाउनुपर्ने हुन्छ ।आमा निकै नै अस्वस्थ भएको अवस्थामा उनको दुध निकाली सफा कप वा चम्चाले शिशुलाई खुवाउन सकिन्छ र भाइरसबाट जोगिनका लागि अन्य सावधानीहरू निरन्तर अपनाउनु पर्दछ।

३.अहिले कोरोना संक्रमणको नियन्त्रण गर्नका लागि गरिएको बन्दाबन्दीका कारण महिलामा परेका असर:
अहिलेको अवस्थामा तपाईं  कोरोनाभाइरसको कारणले चिन्तित हुनु स्वाभाविक हो। तर भय र त्रासले विद्यमान समस्यालाई झनै जटिल बनाउँछ। उदाहरणका लागि, अहिले समग्र मानिसहरूमाथि मौखिक तथा शारिरिक दुर्व्यवहार समेत भएको समाजिक सञ्जालमा र विभिन्न समाचारहरूमा देख्न, हेर्न, पढ्न र सुन्न पाइन्छ ।

स्वास्थ्य सम्बन्धी आपतकालीन अवस्था, यसबाट प्रभावित सबैका लागि तनावपूर्ण समय हो । यस्तो समयमा सहि जानकारी लिईराख्नु र एक अर्का प्रति माया र सद्भाव कायम राख्नु महत्वपूर्ण हुन्छ। विद्यमान भेदभावलाई बढावा दिने खालको भाषा र शब्दावलीहरूको प्रयोगले मानिसहरूलाई आवश्यक जाँच गराउनबाट निरुत्साहित गर्न सक्छ र उनीहरू तथा उनीहरूका समुदायनै जोखिममा पर्न सक्छन्।

आफ्ना बालबालिका, परिवार तथा साथीभाइसँग कोरोनाभाइरसको बारेमा कुरा गर्दा यसो गर्दा सकारात्मक हुन्छ । जस्तै  कोरोनाभाइरस (कोभिड-१९) को बारेमा सन्देशमूलक विषयमा छलपफल गरों । तर यसलाई कुनै स्थान वा जाति विशेष सँग नजोडैं । याद राखों भाइरसले कुनै एक जनसंख्या, समुदाय, लिंग वा जातिलाई मात्र आक्रमण गर्दैन । र कोभिड-१९ को संक्रमण भएका”, “कोभिड-१९को उपचार गराईरहेका”, “कोभिड-१९ को उपचार पश्चात निको भईरहेका”, वा “कोभिड-१९ को संक्रमणका कारण मृत्यु भएका” व्यक्तिहरूका बारेमा कुरा जानकारीमूलक छलपफल गर्न सकिनेछ ।

त्यसो भन्दैमा यी व्यक्तिलाई ‘कोभिड-१९ को केस’ वा ‘कोभिड-१९ पिडित’ भनेर गलत व्यवहार नगरौ,उपचारमा अहोरात्र खट्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी लगायत त्यसमा संलग्न सम्पूर्ण व्यक्तिहरूलार्इ गाली गलोज नगरौ। मानिसहरूलाई कोभिड-१९ को संक्रमण भएको बारेमा कुरा गरौ र अवश्यक सहयोग गरौ।

कसैले “कोभिड-१९ संक्रमण गराएको”, “कोभिड-१९ सारेको” वा “कोभिड-१९ फैलाएको” हो भनेर केही नभनैं किनभने त्यसो भन्दा उनीहरूले नियतवश संक्रमण फैलाएको तथा यो उनीहरूको दोष भएको ईकित गर्दछ र उनीहरूले दुःख अनुभूति गर्नेछन्, त्यस्तो मलार्इ पनि पर्नसक्छ भनेर सोचौ ।
तथ्यपरक सुचना तथा सबैभन्दा पछिल्लो आधिकारीक स्वास्थ्य सल्लाहका आधारमा कोभिड-१९ को जोखिमबारे जानकारी अfदान प्रदान गरौ ।
तर,अपुष्ट हल्लालाई थप नफैलाउँ र “महामारी”, “विश्व-विनास” जस्ता त्रास फैलाउनसक्ने अतिशयोक्तिपूर्ण शब्दहरूको प्रयोग नगरौ ।

र अन्तमा यस रोगको रोकथामका प्रभावकारी विधिहरू – जस्तै साबुन पानीले हात धुने तरिका आदिलाई विशेष महत्व दिई सकारात्मक तवरले कुरा गरेर धेरैजसो मानिसका लागि यो समस्याको सामना गर्न सम्भव छ। आफु, आफ्नो परिवार तथा अत्यन्तै जोखिममा रहेकालाई सुरक्षित राख्न सरल उपायहरू द्वारा सम्भव छ। सबैलाई यही सन्देश प्रवाह गर्नु अहिलेको हाम्रो मूख्य कर्तव्य हो ।

२०७८ बैशाख २७, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।