कोरोना संक्रमणले ग्रसित पत्रकार दिनेश दाहालको मृत्यु

|

काठमाण्डौ । कोरोना संक्रमणले ग्रसित पत्रकार दिनेश दाहालको मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि उपचाररत उनको उपचारकै क्रममा निधन भएको नेपाल पत्रकार महासंघले प्रेस बिज्ञाप्ती मार्फत जनाएको छ । महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य दिनेश दाहालको कोरोना संक्रमणका कारण ४० वर्षको अल्पायुमै निधन भएको उल्लेख गरेका छन् ।

दहाललाई वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस पछि होमआइसोलेसनमा रहेका उनलाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेल स्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

दहाल संगै कोरोनाकै कारण हालसम्म ८ जना पत्रकारको निधन भएको महासचीवले बताएका छन । त्यस्तै हाल ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित छन् ।

२०७८ बैशाख २५, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।