नलेखिएको कथा : जानुका न्यौपाने

|

२०७७ साल पनि कोरोना संक्रमणको महामारीकै कारण खासै केही काम गर्न सकिएन भन्छन् सत्ता सञ्चालन गरिरहेकाहरू ।

अघिल्ला तीन वर्ष पनि भौतिक पूर्वाधार विकास नै तीन तहका सरकारहरूको प्राथिमकतामा परिरह्यो र अब पनि परिरहन्छ र, भौतिक पूर्वाधार विकास निरन्तर अगाडि बढीरहेको छ यहाँ निरन्तर२०७८ सालको पहिलो महिना कोरोना संक्रमणले तिव्रता लिइरहेको बेला ।

काठमाण्डौ उपत्यका बन्द हुन्छ भन्ने समाचार सुन्नु केहि दिन अगाडि चरिकोटबाट सिंगटी हुँदै गोंगर पुगियो । गोंगर पुग्न हतार भएको थियो तर पनि सिंगटीमा एक कप चिया पिउने समय निकालियो । हतार गर्दै गोंगर पुगेर स्वास्थ्य चौकीको अगाडि झरियो ।

सजिलो के भयो भने यो सावर्जनिक यातायात थिएन, साथीहरूले नै अनुरोध गरेर लगेको निजी बलेरो थियो । गाडिबाट झरेर मैले यताउता हेरें स्वास्थ्यचोकीका कमर्चारीहरूसँग सोधें हलचाहिँ कता रहेछ भनेर । उनीहरू मध्ये एकजना महिला कमर्चारीले यसैको माथि हेर्न हिड्नुस् म देखाइदन्छु भनिन्।

अहिले कार्यलयमा कतिजना हुनुहुन्छ बिरामीको स्वास्थ्य परीक्षणमा असर नपर्ने गरी समय मिलेमा यहाँहरू पनि हामीसँग हलमै बस्न सक्नु हुनेछ भनें मैले । हलको ताल्चा खोलियो र हलमा प्रयोग गरिने सामाग्री सबै कस्तो अवस्थामा रहेका छन् भनि हेरियो ।

सबै दुरूस्तै हामीलाई काम गर्न मिल्ने अवस्थामा पाइयो । हामी त्यहाँ पुग्नुको मूख्य उद्देश्य भनेको कम्तिमा २५ देखि ३० जना महिलाहरसँग भेटघाट गर्ने, स्थानीय महिलाहरूको समस्या, सरोकार र अवश्यकताका बारेमा छलफल, अन्तरकृया गर्ने र स्थानीय पालिकामा सुझाव सहित पेश गर्ने भन्ने थियो ।

त्यसै सन्दर्भमा स्वास्थ्यकर्मी पनि ब्यस्त समय जे होस् अनुकुलता मिलाएर सहभागी भए ।
समय बिहानको १० बजिसकेको छ खासै सहभागीहरूको उपस्थिति देखिएन मनमनै सोचें कतिबेला भेला हुने हुन् भनेर!

अनि माथिल्लो तामाकेशी जलिवद्युत अयोजना सञ्चालन भएको स्थानमा सामुदायिक विकास लगायत खाना खाने समयमा पनि परिमार्जन भए छ होला भन्ने अनुमान गर्न थालें । अनि खाना खाने समय पनि मध्यान्हमा भएको होला किनकि उनीहरूका परिवारका सदस्यहरू पनि त्यही काम गर्छन् होला भनेर अड्कल काटें मैले ।

एकैछिनमा मसँगै रहनु भएका दुईजना साथीहरूले हामी खान खाएर तयार हुँदासम्म सबै सहभागी जम्मा हुन्छन् भन्नु भयो र हामी खाना खान लागियो ।

खाना पछि समय अगाडि बढीरहेको थियो, मैले एक कप मीठो चिया पिउने इच्छा जाहेर गरें र तुरून्तै चिया उपलब्ध भयो चिया पिउँदै कामलाई अगाडि बढाइयो ।

हाम्रा लक्षित सहभागी महिला हुन् त्यहाँ पुरूष सहभागिता पनि देखेर खुशी लाग्यो । हुन त म पहिलो पटक त्यहाँ पुगेको भने होइन । महिलाहरूकै लागि पाठेघर खस्ने समस्याको पहिचान गर्ने शिविरमा, परिवार नियोजनको अस्थायी साधन अइ.यू.सी.डी. राख्ने तालिम कार्यक्रमको अनुगमनका क्रममा, अन्य विभिन्न कार्यक्रमको सिलसिलामा त्यहाँका महिलाहरूसँग भेटघाट र उनीहरूको समस्याको बारेमा म जानकार नै थिएँ र मलाई आँखाभरी त्यो समयमा देखिएको महिलाहरूको समस्याको याद सपनाको तन्द्रा बनेर देखा पर्यो तत्कालै ।

सबै सहभागीहरू जुटिसके ढीला नगरिकनै साथीहरूले अपचारिक रूपमा कार्यक्रम शुरू गरेर बाँकी समय मलाई उनीहरको अगाडि स्वास्थ्य चौकीको हलमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको सवालमा छलफल तथा अन्तरकृयाका लागि समय उपलब्ध गराउनु भयो ।

मैले पनि समयको महत्वको ख्याल गर्दै छलफललाई अगाडि बढाएँ। छलफलकै क्रममा सहभागीहरू पालैपालो अभिव्यक्त गरिरहेका थिए हामी आर्थिक , मानसिक, शारीरिक र स्वास्थ समस्यामा गुज्रिएका छौ।

हाम्रो घरधन्दा, खेतिपाती, बस्तुभाउ लथालिंग भएको छ । त्यो बाहेक कमाएर खाने नयाँ ज्ञान, सीप, क्षमता, दक्षता र अवधारणा नै छैन हामीसँग ।
हामीलाई वडाबाट, स्थानीय पालिकाले नयाँ प्रविधि, ज्ञान, सीप, क्षमता विकास गर्ने खालको कार्यक्रममा सहयोग गरिदिए हामी धन्य हुने थियो । केही कमाएर स्वास्थ्य उपचार , घरखर्च, व्यक्तिगत व्यवहार, पारिवारिक सुख शान्ति मिल्ने थियो ।

हामी पनि समाजमा बसेर केही गर्नसक्ने थियों र यस धर्तीमा जन्मिए वापत केही गर्न पाए हुन्थ्ये जस्तो लाग्छ । सबैले सन्दर्भ मिलाएर पालैपालो समस्याहरू राखे हामीले ध्यानपूर्वक सुनीरह्यों ।

मेरो ध्यान सहभागिको तर्फ तानियो विभिन्न उमेर समूहका महिला अनि पुरूषहरूले सकृय सहभागिता जनाइरहेका थिए ।
एकजना महिला बोल्न पाएकी थिइनन् जो भर्खरै २० वर्ष पार गरेकि थिइन्। मैले अगाडिबाट नियालीरहेकी थिएँ ।

उनका आसपासमा दुईजना बालबालिका थिए, बोल्न दिएका थिएनन् । एउटा छोरा र अर्को छोरीहरु दुबैजना पालैपालो स्तनपानको लागि उनलाई माग गरिरहेका थिए ।

दिनभरीको समयमा त उनी बोलिनन् । लगभग कार्यक्रम सकियो सामूहिक तस्विर खिचाउने सल्लाह गरियो, सोही समयमा उनी मेरो छेउमा उभिएर बोल्न खोजिन् ।

उनको मनमा आशाको किरण उदाएका थिए । तर, केही गर्न सक्दैन थिए र पनि मैले उनका कुरा सुन्न चाहेँ दुबै मञ्जुर भएर कुराकानी गर्न थालियो ।
५ कक्षासम्मको अध्ययन पछि विद्यालय शिक्षा लिने अवसर नपाएकी उनीको उस्तै उमेर, उस्तै शैक्षिकस्तर, उस्तै पारिवारिक अवस्था भएको व्यक्तिसँग बिवाह भयो ।
कतिजना हुनुहुन्छ परिवारमा मैले उनले बोकेका दुई बालबालिका देखेर प्रश्न गरें । घरमा हेरचाह गर्ने कोही हुनुहुन्न ? उनले सहजै जवाफ खाना खाने त १६, १७ जना भन्दा बढी छौ। मेरो जन्मघरमा पनि त्यति नै थियो यता पनि उत्ति नै छौ भनिन् ।

तर, सबैले काम गर्नु पर्छ, काम गर्न नसक्नेलाई बच्चा छोडेर के गर्नु र भनिन् । उनको बिबाह पश्चात् एकैपटक (जुम्ल्याह) दुई सन्तान जन्मिए । उनी र उनको परिवार यस हिसाबले खुशी भयो कि एकै पटक छोरा र छोरी दुबै जन्मिए । अब उनको थाप्लोमा पारिवारिक, घरायसी कामधन्दाको बोझ अनि दुई सन्तान एकैपटक स्याहार सुसार र हुर्काउनु पर्ने बाध्यता, ज्येष्ठ नागरिकको स्याहारको जिम्मेवारीले जीवन नै बोझ लाग्न थाल्यो ।
तर, उनी भन्छिन म स्पात (फलाम) जस्तै मझबुत भएर घर धान्न थालें । उनको पति पनि कक्षा ५ मात्र अध्ययन गरेको हुनाले उही अनुसारको मजदुरी गर्छन् ।

उनीलाई भने अरू महिलाहरू आमा समूहमा बैठक बसेको, भेला भएको, छलफल गरेके देखेर कसरी यी बच्चा हुर्काएर म पनि अन्य महिला जस्तै आमा समूहमा बसेर छलफलमा सहभागी हुनेहोला भनेर मनमा लागिरहन्थ्यो ।
उनले आफु र पति दुबैले धेरै पढ्न नपाए पनि पढेलेखेका जान्ने बुझ्नेहरूसँग सिकेरै भए पनि समुदायमा केही धोको पालेकी थिइन्। त्यसैले दुःखजेले गरेर पतिलाई घरखेती बाहेक मजदुरी गर्न राजी गराएकी थिइन्। कुखुरा, खसी बाख्रा र गाईभैसी पाल्न पनि घाँस काट्ने जमिन छैन ।
त्यसकारण घरको सबै बोझ उठाएर पतिलाई बाहिरको मजदुरीमा पठाएकी हुन् ।

किनकि छोराछोरीलाई राम्रोसँग हुर्काउने र बावुआमा भन्दा राम्रो शिक्षादिक्षा दिलाउने मुटुभरी रहर, आँखाभरी सपना पालेकी छन् उनले ।
उनका उमेर समूहका उनले चिनेका साथीहरू करिव कसैको पनि बिवाह भएको छैन । उनी भने विवाह, त्यसपछि घरपरिवारको हेरचाह, दुई सन्तानको पालनपोषण उनी समय–समयमा अत्तालिरहन्थिन् ।
निरन्तर समय हुरूरू आएर खुरूरू कहिले गयो पत्तै भएन उनलाई। उनका बच्चाहरू विस्तारै दिन, महिना हुँदै वर्ष नाघीसके ।

छोराछोरीलाई यो देशको सक्षम र असल नागरिक बनाउने सपना छाएको छ उनको मनमा ।
उनले अरू धेरै सूचनाहरू सुनेकी थिइन स्थानीय सरकार बनेपछि महिला, बालबालिका, दलित, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई विशेष योजना बन्ने, बनाइनेछन्, कार्यक्रमहरू सञ्चालन हुनेछन् अनि म र म जस्ता दलित महिलाहरूले धेरै सिक्ने अवसरहरू पाउने छौ ।
नयाँ नयाँ ज्ञान, सीप हासिल गर्न पाइनेछ भन्ने । तर, तीन वर्ष वित्यो स्थानीय वडा र पालिकाबाट हाम्रा लागि केही योजना र कार्यक्रमहरु सञ्चालन भएन ।
मलाई थाहा छैन कहाँ, कसरी, कहिले, के कार्यक्रम चाहियो भन्ने बारेमा ।

यो थाहा हामीले कहाँबाट कसरी पाउने हो ? हामीलाई कसले सिकाएर सक्षम बनाउँने ? हामीलाई त कसैले पनि चिन्दैनन् यहाँ भनेर लगातार दुई सन्तान अगाडि छात्तीमा र पछाडी पिठ्यूँमा बोकेर निरन्तर सवाल गरी रहिन् । म नाजवाफ, अनुत्तरित भएर सुनिरहें । मसँग उनीले गरेका सबै सवालको जवाफ थिएन । किनकि म यस्ता सवालहरू निरन्तर उठाएर सुनुवाई नभएको घटनाबाट अभ्यस्तहरूसँगै भेट्दै अनुभव आदान-प्रदान गर्दै अएको धेरै भएको छ ।

तर, पनि उनको मनमा केही हदसम्म हल्का महशुस होस् भनेर सक्रिय सुनवाई गर्दै केही कामहरू अफूबाटै शुरू गर्न सकिने उदाहरणीय व्यवहारिक ज्ञानका बारेमा छलफल गरियो ।

उदाहरण स्वरूप केही सफलताका बारेमा सुनाए र केही सवालका जवाफ भने मैले हैन स्थानीय सरकारले, प्रदेश र संघ सरकारले दिनुपर्ने हुन्छ । आजसम्म त्यस्ता उर्जावान दलित महिलाहरुलाई पछाडी पारिएका अनि अथाह जोश, जाँगर, उत्साह बोकेका महिलाहरूका लागि विशिष्टकृत योजना बनेनन् ? जुन समग्र सामुदायिक विकासको अपरिहार्य शर्त हो । थाहा छैन मानव संशोधन विकास कार्यक्रम समग्र विकासको मेरूदण्ड हो भनेर सर्व स्वीकार्य अर्थात आत्मसात गर्ने समय कहिले आँउछ भनेर ?
जनताले स्थानीय सरकार पाएर पनि समुदायका लागि अनुभूत गर्नसक्ने खालको विकास भएन ।

हामीले सामाजिक–सांस्कृतिक, आर्थिक , राजनीतिक अवसरबाट वञ्चित भएर पीडाबाट त्यसै त्यसै गलेर जति सकिन्छ सशक्तिकरणा, सचेतना रूपी जडिबुटी नपाएर तंग्रन नसकेर संसारबाट विक्षिप्त भएर आत्महत्या गर्नुपर्ने दिन नदेखिएला भन्न सकिन्न भन्ने उनको राय थियो ।

समाजमा विरक्तिएर आत्महत्या गर्न पुगेका त्यस्ता उर्जाशील युवा, किशोरकिशोरी, वयस्क, ज्येष्ठ नागरिक धेरै गुमाई सकेका छों । अब उनलाई मैले थाहा पाउन सूचनाको खोजी गर्न अवसरको खोजी स्वयंमले नै गर्नु पर्छ भन्नु शिवाय केही थिएन ।

तर, अगाडि पछाडी दुईवटा दुधे बालबालिका बोकेर उज्जवल भविष्यको सपना सहित अवसर खोजी गर्दै गरेकी उनको त्यो कहाली लाग्दो कथा कस्ले सुन्ने, उनको उज्जवल भविष्यको सपना कस्ले कहिले पूरा गर्ने ? उनको मनमा जागेको उज्जवल भविष्यको सपनाको किरण कसले देख्ने ? यसरी नलेखिएका, नदेखिएका जटिल, कहालीलाग्दा कथाहरू प्रशस्तै छन् हाम्रो समाजमा ।

रमा दियाली र दियाली जस्ता उर्जावान अवसरको खोजीमा भोंतारिएकाहरुलाई कसरी उत्साह थप्ने, उनीहरूका सपनाको अत्महत्या हुन नदिन के गर्ने भन्ने बारेमा यो देशका नेत्तृवकर्ताहरूले सोच्नु पर्ने जरूरी देखिन्छ ।

मैले भुले जसरी पुनः सोधें घरमा कतिजना हुनुहुन्छ ? के काम गर्नुहुन्छ ? भनेर । उनले दुबै बच्चा सम्हाल्दै जवाफ दिईन् कि खाना खाने त १६, १७ जना छौ। अनि घरै बस्ने, घरके काम गर्ने, अरुको मजदुरी गर्ने, अरूको मौसमी खेतीको काम गर्न जाने यस्तै मात्रै हो ।

१६, १७ जनाको परिवार, परम्परागत कृषि र मजदुरीले अब कसरी अगाडि बढ्ने ? यी लालाबालालाई राम्रो पढाउने रहर छ तर, कसरी ? घर छाडेर बाहिर गएपनि त केही काम सहजै भेटिन्न हामी अनपढहरूका लागि ।
पेटको सवाल पहिले छदैछ । बरू हामीलाई यही स्थानीय गाउँमा हुने कृषिमा नयाँ प्रविधि, नयाँ ज्ञान, सीप, क्षमता विकास गरी उद्यम, व्यवसाय गर्न सघाए पनि हुन्थ्यो ।

नत्र मर्नु या मार्नु के गर्ने यी लालाबाला? भन्दै छोराछोरीको अनुहार सुम्सुम्याउँदै नियालेर हेरिरहिन् ।आँखाभरी आँशु , मुटुभरी रहर र आशाका किरण मारिदैछ वेवास्ता गरेर ।

यी सवाल उनका व्यक्तिगत हुन् कसैलाई सामान्य लाग्न पनि सक्छ तर यी सवाल हाम्रो जिल्ला, नेपालकै समग्र महिलाको प्रतिनिधित्व गर्ने विषय हुन् ।

दोलखा जिल्लाको सुदुर उत्तरबाट उठेका यी सवाल जिल्ला र राष्ट्रव्यापी विषय हुन् । यस्ता सवालमा सबैको शिघ्र ध्यान जानु जरूरी छ । अन्यथा त्यस्ता कलिला आशाका किरण, मुटुभरीका रहरहरूको आत्महत्या हुनेछ ।
नेपालमा विकास निर्माणका मूर्धन्य हस्तीहरू धेरै असल भएर होला मानव संसाधन विकास प्राथमिकतामा नपरेको वा ख़राब भएको हो ।
विकासका सवालमा त खराबी छैन सबै एकसाथ हुन्छन् यहाँ । तिनै विकासका असल मूर्धन्यहरूको नजरमा नै मानव संसाधन विकास प्राथमिकतामा नपरेको एउटा कथा अनि वास्तविकता हो यो । यस्ता कथाहरू लेखिँदैनन् र देखिँदैनन् कहिल्यै ।

यी नेलेखिएका कथाहरूबाट नै समाज रूपान्तरणा र देश विकासको इतिहास लेख्न सकिन्छ भन्ने स्वीकार गरिन्न यहाँ । विश्वकै उच्च हिमाल सगरमाथा चढेर इतिहास रच्ने महिलाहरू पनि दोलखा जिल्लाका सुदुर उत्तरका महिलाहरू नै हुन् भन्ने स्मरण गराउनु पर्ने अवस्था सिर्जना हुन्छ यहाँ र लेख्नै पर्ने कथा छ यहाँ !!     

२०७८ बैशाख २४, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।