काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण कोभिड-१९को सामान्य लक्षण देखा परेको कारण अस्पतालमा भर्ना गरिएको छ ।
सचिवालय अनुसार उनलाई नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।






