बी–ग्रुप र केयर नेपालद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

|

बाँके(बैजनाथ) / बाँकेमा कोरोना भाईरसको दोस्रो भेरियन्टको संक्रमण अप्रत्याशित रुपले बढेपछि कोरोना संक्रमणका बिरुद्ध जुध्नका लागि बी–ग्रुप, बाँके सक्रिय भएर कार्य गरिरहेको छ । भेरी बाताबरणीय बिशिष्ठता समुह (बी–ग्रुप)ले केयर नेपालसंगको साझेदारीमा २ लाख ६ हजार ४ सय नौै रुपैया बराबरको विभिन्न स्वास्थ्य सुरक्षा सामानहरु उपलब्ध गराएको छ । बी–ग्रुपले कोरोना भाईरसको संक्रमण बिरुद्धको अभियानमा प्रयोगमा आउने सर्जिकल माक्स, हेण्ड सेनिटाईजर, ग्लोब्स, पिपिईसेट, हेण्ड वासिङ्ग लिक्वीड गरी २ लाख ६ हजार ४ सय नौ रुपैया बराबरको सामाग्री बैजनाथ गाउँपालिका,बाँकेलाई हस्तान्त्रण गरेको बी–ग्रुपका कार्यक्रम अधिकृत लोचना भुसालले जानकारी दिईन् ।

बी–ग्रुपका बाँकेका कार्यक्रम संयोजक रामराज कठायतले बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाललाई सो सामग्री हस्तानन्तरा गर्नुभएको हो ।
त्यसै गरि नेपालगन्जमा पनि बी–ग्रुपले कोरोना भाईरसको संक्रमण बिरुद्धको अभियानमा प्रयोगमा आउने सर्जिकल माक्स, हेण्ड सेनिटाईजर, ग्लोब्स, पिपिईसेट, हेण्ड वासिङ्ग लिक्वीड गरी ४ लाख २६ हजार ६ सय नौ रुपैया बराबरको समागी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई हस्तान्त्रण गरेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

बी–ग्रुपका सचिव टेकबहादुर पुनले सो समाग्री जिल्ला कोभिड–१९संकट व्यवस्थापन केन्द्रका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हस्तान्त्रण गरेका थिए । सो अवसरमा प्रजिअ गेलालले कोभिड बिरुद्धको लडाईमा सहयोगी समाग्री उपलब्ध गराएकोमा बी–ग्रुप र केयर नेपाललाई धन्यबाद ब्यक्त गर्नुभएको थियो । उहाँले विपत्तीको बेलामा सहयोगी समाग्री उपलब्ध गराएर जिल्लालाई कोरोना मुक्त गराउन ठूलो सहयोग पुगेकोेले सहकार्य र सहयोग निरन्तर आवश्यक रहेको कुरा औल्याए ।

२०७८ बैशाख १८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।