२४ घण्टामा नेपालमा थप ५ हजार ७६३ जनालाई कोरोना संक्रमण

|

काठमाण्डौं / पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ७६३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आरटी–पीसीआरबाट १४ हजार ९६९ जनाको कोरोना परीक्षण गर्दा थप ५ हजार ७ सय ६ र एन्टिजेनबाट थप ५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यो सँगै हालसम्मका देशभर संक्रमित हुनेको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको तथ्यांक छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ८७ जना कोरोना संक्रमित कोरोना मुक्त भएर घर फर्किएका छन । त्यस्तै देशभर ४३ हजार २ सय १३ सक्रिय संक्रमित छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको छ । यो सँगै हाल सम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

२०७८ बैशाख १८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।