आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

|

काठमाण्डौ। आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो । यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ। विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही राष्ट्रहरूमा यस दिन बसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ । त्यस्तै अमेरिका लगायतका केही राष्ट्रहरूमा मजदुर दिवस अलग्गै दिनमा मनाइने गरिन्छ।

तर गत वर्षको कोरोना भाइरस र यस वर्ष नयाँ भेरियन्टको कोरोना भाइरसका कारण १३१औँ र १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस यस वर्ष नेपालसहित विश्वका धेरै देशमा प्रभावित बनेको छ । नेपालमा यस वर्षको दिवस ‘कोरोना महामारीबाट बचौँ, बचाऔँ, मर्यादित रोजगारी, सामाजिक सुरक्षा लागू गरौँ’ भन्ने नाराका साथ मनाइँदैछ ।

सरकारले बढ्दो कोरानाको जोखिमका कारण उपत्यकासहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा, आंशिक बन्द भएकाले श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले सामान्य भर्चुअलबाहेक अन्य औपचारिक कार्यक्रम गर्न सम्भव नभएको बताईएको छ ।

२०७८ बैशाख १८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।