गायक तथा सर्जक प्रकाश सपुतलाई कोरोना

|

काठमाडौं /  चर्चित गायक तथा सर्जक प्रकाश सपुतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं मेडिकल कलेज (केएमसी) मा गरिएको परीक्षणमा उहाँमा कोभिड संक्रमण पुष्टि भएको हो।

शरीर भारी हुने, टाउको दुख्नेजस्ता समस्या भएपछि संक्रमणको आशंकामा उहाँले पीसीआर परीक्षण गर्नुभएको थियो । संक्रमण पुष्टि भएपछि गायक सपुत अहिले होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहनुभएको छ ।

आफुमा संक्रमण पुष्टि भएपछि उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत पछिल्लो समय आफ्नो सम्पर्कमा रहनुभएकाहरुलाई कोरोना परीक्षण गराउन आग्रह गर्नुभएको छ ।संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेको उहाँले बताउनुभएको छ । कोभिड जित्न सकिन्छ भन्ने आत्मवल राख्न तर यसलाई सामान्य नठान्न सबैमा अपिल गर्नुभएको छ ।

 

२०७८ बैशाख १७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।