पोखरा । गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिने राजिव गुरुङ मन्त्री बनेका छन् । उनलाई आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री नियुक्त गरेका हुन् ।
उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो । उनले आजै शपथ लिदैछन् ।
माओवादी केन्द्रका मन्त्री फिर्ता भएपछि गण्डकीमा दुईवटा मन्त्रालय खाली छ ।






