पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था खराब हुँदै, आइसियूमा उपचार हुँदै

|

काठमाडौं । कोरोनाभाइरस संक्रमण भएर काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको अवस्था खराब हुँदै गएको छ। उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि अस्पतालको आइसियूमा भर्ना गरिएको थियो।

पूर्वरानी शाहको उपचारमा संलग्न डाक्टर जेपी जैसवालका अनुसार उनलाई अक्सिजनको अधिक मात्रा दिनु परेको छ। ‘अस्तिसम्म प्रतिमिनेट २।३ लिटर अक्सिजन दिए पनि हुन्थ्यो। तर उहाँलाई समस्या भएपछि हिजो आइसियूमा राख्यौं। अहिले प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिनु परेको छ,’ डाक्टर जैसवालले भने।

कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य रहेको डाक्टर जैसवालले जानकारी दिए। यसअघि वैशाख ७ गते पूर्वराजपरिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

२०७८ बैशाख १६, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।