भेरी अस्पताललाई आवश्यक सामाग्री सहयोग हस्तान्तरण

|

नेपालगन्ज । कोरोना महामारीले अस्पतालमा उपचार कार्यमा अवरोध आएपछि जिल्लामा शुरू भएको सहयोग अभियान मार्फत बुधबार अस्पताललाई आवश्यक सामाग्री सहयोग हस्तान्तरण गरिएको छ । कोरोनाको दोस्रो लहर शुरू भएपछि जिल्लामा संक्रमितको संख्या ह्वात्तै बढेका कारण भेरी अस्पतालमा रहेको कोभिड वार्डमार्फत प्रदान गरिने उपचार कार्यमा असहजाता सृजना भएको थियोे । जसका कारण संक्रमितलाई राख्ने बेड, अक्सिजन अभाव र अस्पतालमा पिपिई सेट अभावले बिरामीलाई उपचार प्रदान गर्न अस्पताललाई समस्या भएको थियो र सहयोगका लागि अपिल पनि गरेको थियो ।

अस्पतालको अपिल र कोरोनाका बिरामीको बृद्वि दरले बिरामीलाई उपचार प्रदान गर्न समस्या नहोस भन्नका लागि नेपालगन्जका युवा हेमन्तराज काफ्ले र प्रकाश कुवँरले अस्पताललाई सहयोग अभियान शुरू गर्नुभएको थियो ।सामाजिक संजालबाट शुरू भएको अभियानलाई टढा टाढाका व्यक्तिहरूले सहयोग गर्नुभएको अभियान्ता काफ्लेले जानकारी दिनुभयो । एक हजार, अस्पताल अभियानका लागि, म एक नागरिक हो, मेरो नि आफ्नो जिम्मेवारी छ, सरकार दबाब अभियानमा १ सय ८८ जनाले सहयोग उपलब्ध गराएका छन् । कतिपयले गोप्य दान गर्नुभएको छ ।

अस्पताललाई सहयोग अभियान अन्तर्गत जम्मा संकलित ५ लाख ७ हजार ३ सय रकमले १०० थान पिपिई र २० वटा अक्सोमिटर अस्पतालका अध्यक्ष प्रमोद धिताललाई बुधबार हस्तान्तरण गरिएको छ । बाँकी ३०० थान पिपिई हस्तान्तरण गर्न भने बाँकी छ ।

२०७८ बैशाख १५, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।