बेतहनीमा तपाईको माक्स खै ? अभियान सुरुवात

|

बाँके /  बढ्दो कोभिड १९ का कारण जनजीवन फेरि नराम्रो संग प्रभावित बनेको छ । पछिल्लो समय दिन दुई गुना रात चौ गुना भने झै दिनप्रतिदिन कोभिड १९ ब्यापक बढ्दै गएपछि आफै सचेत हुन र नागरिक लाई स्वास्थ्य मापदण्ड पालना गर्न अनिवार्य माक्स लगाउन सरकारले अनुरोध गरेको छ । सरकारले यति आग्रह गर्दा पनि नागरिकहरु स्वास्थ्य मापदण्ड पुरा नगरि माक्स सम्म नलगाई हिड्न थाले पछि बेतहनी प्रहरी चौकीले तपाईको माक्स खै ? अभियान सुरुवात गरेको छ ।
अभियानको सुरुवात बेतहनी बजारबाट सुरु गरिएको थियो ।

सो बजारमा रहेका करिब २०० जनालाई माक्स बितरण गरिएको छ बेतहनी प्रहरी चौकीका ईन्चार्ज कुल बहादुर विकले जानकारी दिनुभयो । साथै माक्स लगाउने तरिका पनि सिकाएको विकले बताउनुभयो ।

बेतहनीका सर्वसाधारणलाई सचेत गराउदै माक्स बितरण गरिएको छ । यस अघि पनि विकले समाजमा विभिन्न सचेतनामुलक कार्यक्रम सन्चालन गर्दै आउनु भएको छ । साथै उहाँले अति विपन्न विद्यार्थीहरुको लागि किताब कापाी र ड्रेस वितरण गर्नु भएको थियो । उहाँ सामाजिक कार्यमा सदैव अगाडि बढी रहनु भएको छ ।

२०७८ बैशाख १४, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।