४५२४ मा नयाँ कोरोना भाइरस संक्रमण पुष्टि

|

काठमाण्डौं / पछिल्लो २४ घण्टामा नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १९४ पुगेको छ।काठमाडौंमा १ हजार ६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना गरी उपत्यकामा १ हजार ९६६ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना उपचाररत छन् ।मंगलबार देशभर ५५५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ५५५ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७८ हजार ५०६ जना पुगेको छ । निको हुने दर ९०.५ प्रतिशत रहेको छ ।

२०७८ बैशाख १४, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।