एकैदिन थप ३१ सय २२ जनामा कोरोना संक्रमणको पुष्टि

|

काठमाडौ । नेपालमा आइतबार दिउँसो थप ३१ सय २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा नेपालमा आइतबार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

काठमाडौं उपत्यकामा ११३२,भक्तपुरमा ९६ र ललितपुरमा २७० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २ सय ९ पुगेको छ। नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यसैगरी भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर २५२ जना आईसीयू र भेन्टिलेटमा ६५ जना रहेका छन् । मन्त्रालयका अनुसार देशभर कोरोनामुक्त हुने दर ९२.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप २८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२०७८ बैशाख १२, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।