सोमबार रातिदेखि २० गतेसम्म बाँकेमा निषेधाज्ञा

|

बाँके। नोबेल कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले भोलि रातिदेखि यही वैशाख २० गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोनाको नयाँ भेरियन्टकोको बढ्दोक्रम रोक्न भोलि रातिदेखि २० गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निणर्य भएको बताउनुभयो।

प्रशासन कार्यालयका अनुसार यस अवधिमा अत्यावश्यकीय सेवा र त्यसका लागि प्रयोग हुने सवारीसाधनबाहेक अन्य सबै सेवा बन्द गरिने छ । निषेधज्ञाको समयमा बैँक तथा वित्तिय संस्था, सवारीसाधन, पसल, हाटबजार सञ्चालनमा रोक लगाइने र अत्यावश्यक काम बाहेक हिँड्डुलमा समेत निषेध गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले वैशाख ८ गतेदेखि नै निषेधाज्ञा जारी गरेको थियो । कोहलपुर नगरबाट पनि निषेधाज्ञा गर्न सिफारिस आएको प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिनुभयो ।

२०७८ बैशाख १२, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।