कोहलपुरमा पनि भोलि राति १२ बजेबाट लकडाउन

|

बाँके / कोरोना संक्रमण तिब्र रुपमा फैलिएको कारण बाँकेको दोस्रो ठुलो शहर कोहलपुरमा पनि लकडाउन गरिने भएको छ । कोहलपुर नगरपालिकाको कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको आज बसेको आकास्मिक बैठकले स्थिति भयावह हुने आंकलपछि भोलि राति १२ बजे देखि लकडाउन गर्ने निर्णय गरेको हो ।

संक्रमण दर बढ्न थालेपछि भिडभाड रोक्न लकडाउन गर्नु परेको कोहलपुर उपमहानगरपालिकाका उपमेयर संजुकुमारी थारुले जानकारी दिनुभयो ।

२०७८ बैशाख ११, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।