कोरोना संक्रमित संविधान सभा सदस्य मोहम्मदी सिद्विकीको निधन

|

नेपालगन्ज । संबिधान सभा सदस्य मोहम्मदी सिद्विकीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा न.३ निवासी ६५ वर्षीया सिद्विकीको केहिदिनदेखि भेरी अस्पतालको भेण्टिलेटरमा उपचार भईरहेको र शनिबार साँझ उपचारको क्रममा मृत्यु भएको हो ।

गत चैत्र २८ गते कोरोना पुष्टि भएपछि सिद्विकी भेरी अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको उपचारकै क्रममा साँझ ७:३० बजे निधन भएको भेरी अस्पतालले जनाएको छ । अस्पतालले उपचारका क्रममा उहाँलाई बचाउन सबै उपाय अपनाएपनि बचाउन नसकिएको जनाएको छ ।

संबिधान सभा सदस्य सिद्विकी फातिमा फाउण्डेसन नेपाल नामक संस्थाबाट मुस्लिम समूदायमा धेरै सामाजिक काम गर्दै आउनुभएको थियो । यो संगै कोरोना संक्रमण देखिएका मृत्यु हुने बिरामीको संख्या ७८ पुगेको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

२०७८ बैशाख ११, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।