खजुरा / बाँके खजुराका किशोरीहरुद्धारा किशोरीमैत्री स्वास्थ्य सेवाको लागि खजुरा गाउपालिका वडा नं.४मा ज्ञापन पत्र बुझाएका छन् । सो ज्ञापन पत्र बुझनु हुदै वडा नं.४ का वडा अध्यक्ष तिलक विर सुनारले किशोरीहरुले उठाएका सवालहरु सम्बोधन गर्ने प्रति एक्येबद्धता समेत जनाएका छन् । सो ज्ञापन पत्रमा स्वास्थ्य संस्थाहरुमा किशोरीहरुमा किशोरीमैत्री स्वास्थ्य प्रदान गर्नुपर्ने, लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सन्चालन गरिनु पर्ने, बालविवाह बिरुद्ध जनचेतना फैलाउने, किशोरीहरुलाई जीवन उपयोगी सिप विकास सन्चालन गर्नु पर्ने, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि कार्यक्रम सन्चालन गर्नु पर्ने, युवाहरुलाई लोक सेवा कक्षा सन्चालन गर्नु पर्ने र सरोकारवालाहरु विच समन्वय बैठकमा किशोरीलाई सहभागी गराउनु पर्नेमा जोड दिएका छन् ।
प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह बि–ग्रुपको सहकार्यमा सन्चालिन बालिका तथा युवा सशक्तिकरण परियोजना अन्तर्गत खजुरा गाउँपालिका वडा नं.४ र ५ मा गठन भएका सिओसी अर्थात परिवर्तनका सम्वाहकमा सहभागी किशोरीहरुले ज्ञापन पत्र आफनो स्थानीय सरकारसँग आफना माग राखेका हुन् ।
युवा सन्जालका अध्यक्ष रक्षा थापाा क्षेत्री र सदस्यहरु कमला रावत, दिलमाया खत्री, निलम पुन, निसा सुनार, अन्जली खत्री र उषा सुनार लगायतको समुहले सो ज्ञापन पत्र बुझाएको छ । स्वास्थ्य अधिकार नेपालको संविधानको धारा ३५ ले प्रद्धत गरेकोले निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने भन्दै ज्ञापन पत्र बुझाईएको बि–ग्रुपका फिल्ड सुपरभाईजर लक्ष्मी खत्रीले जानकारी गराईन् ।






