२४ घन्टामा २,४२८ जनामा कोरोना संक्रमण पुष्टि

|

काठमाडौं । २४ घन्टामा देशभरबाट २ हजार ४ सय २८ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अनुसार देशभर १० हजार ४ सय ४८ जनामा गरिएको नमुना परीक्षणको नतिजामा कुल २ हजार ४ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका २ हजार ४ सय २८ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ । यीमध्ये १२ हजार ६ सय ९० जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । काठमाडौंमा ९ सय ८७, ललितपुरमा १ सय ६ र भक्तपुरमा ८१ जना गरी उपत्यकामा एक हजार १ सय ७४ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ सय ७० जना र भेन्टिलेटरमा ५९ जना उपचाररत छन् । मंगलबार देशभर २ सय ५२ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका २ सय ५२ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७६ हजार ३ सय ४५ जना पुगेको छ । निको हुने दर ९४।६ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय १७ पुगेको छ ।

२०७८ बैशाख ९, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।