
नेपालगन्ज / भेरी अस्पताल नेपालगन्जमा उपचाररत एकजना नर्सको निधन भएको छ । कोरोना भाइरस संक्रमीत तुलसीपुर उपमहानगरपालिका ११ कि अनिशा ओलीको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि ओलीले बैशाख १ गते कोहलपुरको बागेश्वरी ल्याबमा पीसीआर परिक्षण गराउनु भएको थियो ।
त्यसैदिन रिपोर्ट पोजेटिभ आयो । त्यसपछि उहाँलाई भेरीमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । तर उपचारका क्रममा आज बिहान साढे १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।