बाँकेका प्रहरी प्रमुख ओम राना प्रवल जनसेवाश्रीद्वारा बिभुषित

|

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषित हुनुभएको छ ।

नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा पुर्‍याउनु भएको उल्लेखनिय गोगदानको उच्च मुल्याङ्कन गर्दै शुक्रबार प्रवल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा बिभुषित हुनुभएको हो ।

संबिधान दिवश २०७६ सालको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिभुषण प्रदान गर्ने घोषणा बमोजिम नै प्रवल जनसेवाश्री चतुर्थ श्रेणी प्रदान गरिएको हो ।बाँके प्रहरी प्रमुख राना जिल्लामा आएदेखि हालसम्म फरार भएका अपराधीहरू पक्राउ गर्ने कार्यलाई निरन्तरता दिएको छ भने सफलता पनि पाईरहेको छ ।

२०७७ चैत्र २७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।