नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा दामोदर भण्डारी निर्वाचित

|

बाँके / नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा दामोदर भण्डारी निर्वाचित हुनुभएको छ । भण्डारीले निकटतम प्रतिद्धन्द्धी डक्टप्रसाद धिताललाई पराजित गर्दै तीन वर्षीय कार्यकालका लागि निर्वाचित हुनुभएको हो । भण्डारीले १५७ मत प्राप्त गर्नुभयो भने धितालले १३९ मत प्राप्त गर्नुभयो । धिताल प्यानलबाट सचिव र सदस्य (दलित) बाहेक अरु कसैले जित्न सकेनन् । उपाध्यक्षमा भण्डारी प्यानलकै संगिन शर्माले १६६ मत ल्याउनु भयो भने पराजित हुने सकिल अहमद कादरीले ११८ मत प्राप्त गर्नुभयो । महिला उपाध्यक्षमा करुणा शाहले १४९ मत ल्याउँदा उहाँका निकटतम प्रतिबद्धन्द्धी रेजिना मल्लले १३९ मत ल्याउनुभयो ।

यस्तै सचिवमा धिताल प्यानलबाट कमल डाँगी निर्वाचित हुनुभएको छ । डाँगीले १५१ मत ल्याउँदा आकाश देवकोटाले १३५ मत ल्याउनुभयो । सहसचिवमा हेमन्त चौधरीले १६८ मत ल्याएर निर्वाचित हुनुभयो । भने भगतराम थारुले ११५ मात्र ल्याउनुभयो ।
यस्तै खुल्ला सहसचिवमा १७१ मत ल्याउँदा आमल खाँनले १०८ मत मात्र ल्याउनुभयो । कोषाध्यक्षमा विनोद पौडेल विजयी हुनुभयो । उहाँले १७४ मत ल्याउनुभयो । उहाँका प्रतिद्धन्द्धी देवेन्द्रराज पौडेलले ११६ मत ल्याउनुभयो । महिला सदस्यमा सावित्री गिरी १७१ मत ल्याएर विजयी हुनुभएको छ । भने लक्ष्मी तिमिल्सेनाले १११ मत ल्याउनुभयो ।

दलित सदस्यमा पवित्रा परियार १४२ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिद्धन्द्धी कविन्द्र परियारले १३२ ल्याउनुभयो । आदीवासीतर्फ राधेश्याम चौधरी १३७ मत ल्याएर विजयी हुनुभयो । भने उहाँका निकटतम प्रतिबद्धन्द्धी प्रज्ज्वल श्रेष्ठले १३२ ल्याउनुभयो । मधेशीमा भीष्म लोध विजयी हुनुभयो । उहाँले १७२ मत ल्याउँदा ग्रिस गुप्ताले १०३ मत ल्याउनुभयो ।

समावेशीमा मोहम्मद जोवद हलवाई १६४ मत ल्याएर विजयी हुनुभयो । उहाँसँग पराजय हुने मोविनुद्धिन सिद्दिकीले ९९ मत ल्याउनुभयो । खुल्लातर्फ दिनेश ठाकुर १५०, जावेद अहमद ९अन्सारी० १३८, खगेन्द्रप्रसाद आचार्य १३६, डिल्ली शाही, १४५, शंकर लामिछाने १३३, सौरभ गिरी १३४, निर्मल आचार्य १३८, सुनिल रेग्मी १६५ मत ल्याएर सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

२०७७ चैत्र २६, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।