बाँकेमा थप २२ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

|

नेपालगंज /  बाँकेमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै बाँकेमा कोरोना संक्रमणको कुल संख्या ४ हजार ८ सय १३ पुगेको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेमा रहेका ३ वटा प्रयोशालामा गरिएको पिसिआर परिक्षणमा ८ महिला र १४  गरि थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा बाँकेमा मधुवन -पुरुष ८, बर्दिया निवासी ३८ वर्षीय संक्रमित पुरुषको कोरोनाबाट मृत्यु भएको छ । योसंगै बाँकेमा जिल्ला भित्र र जिल्ला बाहिरका १ सय ४६ जना संक्रमितको मृत्यु भइसकेको छ ।

२०७७ चैत्र २६, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।