भेरी अस्पतालमा कोभिड संक्रमित थप एकजनाको मृत्यु

|

नेपालगन्ज / कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप एकजनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जको आइसोलेसनमा दाङ शान्तिनगर-६ का ५५ वर्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

जिल्लाका कोभिड फोकलपर्सन तेज वलीका अनुसार यही चैत्र २३ गते पीसीआर परीक्षण गर्दा कोभिड पुष्टि भएपछि उहाँलाई त्यसैदिन भेरी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नआउँदा बुधबार दिउँसो १२ बजे उहाँको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। योसँगै बाँकेमा उपचारका क्रममा हालसम्म बाहिर जिल्लाका ८९ जनाको मृत्यु भएको छ।

२०७७ चैत्र २५, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।