पत्रकार महासंघ बाँके शाखामा २९६ मत खस्यो

|

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आगामी नेतृत्वका लागि बुधबार मतदान प्रक्रिया सकिएको छ । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनमा बाँकेमा शाखाको मतदानमा जम्मा २९६ मत खसेको छ ।

नेपाल प्रेस युनियन बाके, प्रेस संगठन नेपाल बाके, प्रेस चौतारी नेपाल बाके र प्रगतिशील पत्रकार संघ बाकेको लोकतान्त्रिक व्यसायीक श्रमजीवी पत्रकारको संयुक्त प्यानल र डक्ट धिताल नेतृत्वको प्यानलले आआफ्ना उम्मेदवारलाई चुनावमा उठाएका थिए ।

निर्वाचन अधिकृत केशव कोईरालाका अनुसार बुधबार साँझसम्म सम्पूर्ण मतपेटिकालाई शील गरि सुरक्षित तरिकाले राखिएको र बिहीबार बिहानबाट मतगणना शुरु हुने छ । लोकतान्त्रिक प्यानलका नेतृत्व दामोदर भण्डारी र धिताल प्यानलको नेतृत्व डक्ट धितालले गर्नुभएको छ ।

२०७७ चैत्र २५, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।