३२३ नयाँ कोरोना संक्रमित थपिए,दुई जनाको कारोनाका कारण मृत्यु भएको पुष्टि

|

काठमाडौं / पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कैलाली र डोल्पामा गरी दुई जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । यससँगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेहरुको सख्या पनि १३ पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ । त्यसैगरी धनगढी ४ की ५५ वर्षीया महिलाको पनि कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा शनिबार प्रवक्ता डा विकास देवकोटाले पुष्टि गरेका हुन् । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

२०७७ जेष्ठ २४, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।