नेपाली सेफ सन्तोष शाह भन्छन्- उपाधि नजिते पनि निर्णायकहरुको मन जितिसकेको छु

|

नेपाली सेफ सन्तोष शाह ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२०’ प्रतियोगितामा उप विजेता बनेका छन्।

युवा ब्रिटिश सेफ एलेक्स वेबले यो वर्षको ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स’ को उपाधि जितेका छन्।

उनले नेपाली ढाका टोपी लगाएर खाना पकाएका थिए। १५ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न गएका सन्तोषले त्यहाँ विभिन्न होटेलहरुमा १० वर्ष काम गरेका थिए।

त्यस पछि सन् २०१० को अन्त्यमा बेलायत आएका उनी अहिले सिनामोन ग्रुपमा हेड सेफको रुपमा काम गर्दै छन्।

प्रतियोगिता ३२ जना सेफहरुबीच शुरु भएको थियो । अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले राँगाको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकारका साथै नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ड्रिंक्स ऐला पनि सर्भ गरेका थिए ।

यस अघि सन्तोषले सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भांगको अचार लगायतका थुप्रै मौलिक नेपाली परिकार सो प्रतिस्पर्धामा प्रदर्शन गरेका थिए।

बीबीसी न्युज, बीबीसी नेपाली सेवा लगायत नेपालका सबै जसो प्रमुख मिडियाले उनको अन्तर वार्ता छापे।

यतिबेला सन्तोष लाई संसार भरिका नेपालीहरुले गर्वको महसूस गर्दै बधाई तथा शुभकामना दिंदै उनको खानाबाट नेपाललाई युके र संसारभरि चिनाउनुका साथै नेपालका विभिन्न क्षेत्र र समुदायको खाना प्रस्तुत गरेर राष्ट्रिय एकतालाई पनि बलियो बनाएको बताए ।

नेपालमा नेपालीले उनी सहभागी कार्यक्रम यूट्यूब र सामाजिक संजालमा हेरीरहेका छन्।

सिराहा कर्जन्हाका ३५ वर्षीय शाहले भन्नुभयो, ट्रफी हात लगाउनु मात्र जित होइन, मैले निर्णायकहरू तथा नेपालीको मन जितिसकेको छु । मास्टरशेफ यूके’को उपाधि यूकेका २५ वर्षीय एलेक्स वेबले जितेका छन् ।

सन्तोष शाह भन्छन्, नेपाली खानालाई हेला नगरौँ, यहाँको खानाले संसारभरि तहल्का मच्चाउन सक्छ।

२०७७ पुष २, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।