कार र टिपर ठोक्किँदा दुई जनाको मृत्यु

|
बर्दिया / बर्दियाको मधुवन नगरपालिकामा कार र टिपर ठोक्किँदा दुई जनाको ज्यान गयको छ । मधुवन नगरपालिका ४ काे ढोढरी बेलुवा चोक नजिक बिहीबार दिउँसो कार र टिपर ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बर्दियाको गुलरिया नगरपालिका ४ काे बेलौलीका २५ वर्षीय सुरेन्द्र गोडीया र कञ्चनपुरका १७ वर्षीय निधि सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
गुलरियाबाट कञ्चनपुर जान लागेको बा १६ च २४५३ नम्बरको कार र ना ८ ख ३१४ नम्बरको टिपर मधुवन नगरपालिकाको बेलवा चोक नजिक ठोक्किएकाे प्रहरीले जनाएको छ ।घाइते हुनेमा बर्दियाको गुलरिया ४ का कार चालक २४ वर्षीय मनोज लोनिया, कञ्चनपुरका कमला सुनार र कृतिका सुनार रहेको जनाइएको छ ।

२०७७ मंसिर १८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।