नायिका श्वेता खड्का मंसिर २२ मा बिहे गर्दै

|

नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ ।

नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् । उसो स्वेताको बिहेको चर्चा नेपाली चलचित्र क्षेत्रमा चलेको केही समय भयो । मंसिर ५ गते नै स्वेताले बिहे गर्न लागेको चर्चा नचलेको होइन । तर, स्वेताले सो समयमा आफूले बिहे गर्ने खबरमा सत्यता नभएको बताएकी थिइन् । उनै, नायिका श्वेता खड्काले आफूले मंसिर २२ गते बिहे गर्न लागेको  पुष्टी गरिन् ।

नेपाली चलचित्र नगरिमा हिट भएको चलचित्र “कहाँ भेटिएला” बाट स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठसंग डेव्यु गरेकी श्वेताले २०७१ साल असार २३ गते श्रीकृष्णसँगै विवाह गरेकी थिइन् । तर अफसोच उनको वैवाहिक जीवन लामोसमय चल्न पाएन । विवाहको १ महिना वित्न नपाउँदै उनले आफ्नो जीवन साथी गुमाउनु पर्यो। विवाह गरेको दुई दिन पछि नै बिरामी भएका श्रीकृष्णको उपचारकै क्रममा २०७१ साउन २५ मा भारतमा निधन भएको थियो।

२०७७ मंसिर १८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।