
बलिउडका अभिनेता आसिफ बसरा मृत फेला परेका छन् । ५३ वर्षीय आसिफ हिमाञ्चल प्रदेशको धर्मशालास्थित निजी कम्प्लेक्समा मृत फेला परेको बीबीसीले जनाएको छ ।
उनको आत्महत्याको कारण पनि खुलेको छ । भारतीय मिडियाका अनुसार, उनी डिप्रेशनमा थिए । प्रहरीले कुनै पनि सुसाइड नोट फेला पारेको छैन ।
उनी, आत्महत्या गर्नु अगाडि आफ्नो कुकुरको साथमा आफ्नो इलाकामा घुमिरहेको भारतीय मिडियाले जनाएका छन् ।
उनले काई पो चे, ब्ल्याक फ्राइडे, जब वी मेट, क्रिस–३, हिच्की, प्रजानीय वन्स अपन अ टाइम इन मुम्बई लगायतका चलचित्र तथा पाताल लोक सिरिजमा अभिनय गरेका छन् ।
१९९८ मा टेलिभिजन सिरियलबाट अभिनय यात्रा सुरु गरेका आसिफले हिन्दी, मलालम, गुजराती, तमिल भाषाका चलचित्रमा काम गरेका थिए ।