२९ लाख ४८ हजारसहित १० जना जुवाडे नेपालगन्जबाट पक्राउ

|

नेपालगन्ज /  प्रहरीले जुवा खेलिरहेको अवस्थामा झन्डै नगद साढे २९ लाख रुपैयाँसहित १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले जारी गरेको विज्ञप्तीमा बुधबार राति ८ः३० बजे नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कस्थित एक घरबाट कटपट्टि तास खेलिरहेको अवस्थामा नगद २९ लाख ४८ हजार सात सय रुपैयाँ र ६ गड्डी ताससहित १० जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १२५ बमोजिम कानुनी कारवाही हुने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

२०७७ कार्तिक १३, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।