बिबाह बन्दनमा बाँधिए गायिका नेहा कक्कड र रोहन

|

बलिउडकी सफल पाश्र्व गायिका नेहा कक्कड र गायक रोहन प्रित सिंहले आज बिहे गरेका छन । उनीहरुको बिहेको तयारी भने केही दिनदेखि चलिरहेको छ । यसका लागि उनीहरु परिवारसहित बिहिबार मुम्बइबाट दिल्ली पुगेका थिए ।

दिल्लीमा नेहाको हल्दी र मेहेन्दीको कार्यक्रम आयोजना भएको थियो । नेहा र उनको आफन्तले सामाजिक संजालमा उनको मेहेन्दी कार्यक्रमका तस्वीर पनि शेयर गरेका छन् । नेहा र रोहन केही समयदेखि प्रेम सम्बन्धमा थिए । नेहा र रोहनले केही साता अगाडि मात्र आफूहरुको सम्बन्धको खुलासा गर्दै बिहे गर्ने बताएका थिए ।

बलिउडका थुप्रै हिट गीत दिएकी नेहाको बिहेलाई भव्य बनाउन उनको परिवारले कुनै कसर बाँकी राखेको छैन ।

२०७७ कार्तिक ८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।