गैसस बाँके शाखाको प्रबक्तामा बर्मा,सूचना अधिकारीमा शर्मा

|

बाँके / गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको आज सम्पन्न बैठकले सचिव आषिश बर्मालाई प्रबक्ता ताकेको छ । त्यसै गरि गैसस सदस्य तथा समाज सुुधार कार्यक्रमका सचिव शंकर शर्मा न्यौपानेलाई सुचना अधिकारी तोकिएको छ । संस्था नवीकरणको संयोजनको लागि सहसचिव सबित्री गिरी र नयाँ सदस्यता थपको लागि सदस्य सुर्यलाल यादवलाई जिम्मेवारी प्रदान गरिएको छ ।

गैससमा रिक्त रहेको सदस्य पदमा बन तथा बाताबरण समन्वय समिती राप्तीसोनारीका अध्यक्ष तुलाराम खत्रीलाई मनोनित गरिएको गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले जानकारी दिनुभयो ।

२०७७ कार्तिक ५, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।