कोभिड-१९ बाट ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली

|

बाँके / लियो क्लब अफ नेपालगन्ज बजारले नेपालगंजको धम्बोजी चोकमा साँझ ६ बजे भेला भएर कोभिड १९ बाट अकालमा ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

उक्त कार्यक्रममा लियो क्लब अफ नेपालगन्ज बजारका सल्लाहकार सरोबर प्रशाई, लियो क्लब अफ नेपालगन्ज बजारका अध्यक्ष प्रकाश कँडेल,उपाध्यक्ष बिमला श्रेष्ठ, बहु जिल्ला प्रमुख रक्त संयोजक सुजित वैश्य र लियो क्लब अफ नेपालगन्जका अन्य सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक तथा लियो क्लब अफ नेपालगन्ज बजारका सचिव स्नेहा शर्माले जानकारी दिनुभयो ।

२०७७ कार्तिक १, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।