
कोहलपुर/ बाँकेको कोहलपुर क्षेत्रमा अत्याधुनिक सेवा सुविधासहित संचालनमा रहेको होटल म्याक्सले कोहलपुर बजारलाई सेनिटाइज र सरसफाई गरेको छ । होटलले व्यवसाय मात्र नभई सामाजिक कार्य समेत गर्ने उद्देश्यका साथ सामाजिक कार्यमा अग्रसरता दिएको हो । होटलको कार्यतालिका अनुसार हप्तामा एक दिन कोहलपुर बजारलाई सुन्दरता बनाउने योजनाका साथ सरसफाई कार्यक्रमलाई सुरुवात गरिएको होटलका सेल्स एण्ड मार्केटिङ म्यानेजर गणेश चालिसेले जानकारी गराउनुभयो ।
होटल संचालन भएको १५ दिन मै कोहलपुर नगरका शौन्दर्यतालाई प्रथामिकतामा राखी होटल म्याक्स टिमले सरसफाई अभियान थालेको सेल्स एण्ड मार्केटिङ म्यानेजर गणेश चालिसेले जानकारी गराउनुभयो । हप्तामा एक दिन कोहलपुर बजारका गल्ली गल्लीलाई सरसफाई गरिने उहाँले जानकारी गराउनुभयो । होटलका कर्मचारी सवैले झाडु, बेल्चा, फरुवा लगायतका औजारले सफाई गरिने र प्लाष्टिकहरु उठाउने कार्य गरेको छ । होटलको ‘अफिसियल ओपनिङ’ मार्फत सेवा शुभारम्भ गरिएको छ । संचालन भएको छोटो समयमा ग्रहाकको रुचीमा पर्न सफल भएको चालिसेले बताउनुभयो । हरेक दिन स्थानिय पाहुन आउन थालेका छन् उहाँले भन्नुभयो । होटलमा स्वमिङ, फिटनेट, स्पा लगायतका अत्याधुनिक व्यवस्थासहित सेवा सुरु भएको होटलका मार्केटिङ म्यानेजर चालिसेले जानकारी दिनुभयो ।
होटलमा अहिले पाँच प्रकारका ५० वटा गुणस्तरीय कोठा सहितको सेवा सुचारु भएको उहाँले जानकारी दिनुभयो । गुणस्तरीय सेवा दिनको लागि हामी आएका छौं मार्केटिङ म्यानेजर चालिसेले भन्नुभयो । स्थानीय ग्राहक हाम्रो पहिलो प्राथमिकतामा रहेका छन् ।’ होटलको सम्पूर्ण संरचना निर्माण गर्नको लागि अनुमानित ३० करोड लागत लागेको यस क्षेत्रकै सबैभन्दा ठूलो होटल हो ।