बाँके / बाँकेमा आगामी शनिवार रातीसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले मंगलबार बसेको जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले निषेधाज्ञा चार दिन लम्ब्याउने निर्णय गरेको जानकारी दिएका छन् ।
यसअघि शनिबार राती १२ बजेबाट सुरु भएको निषेधाज्ञा आज मंगलबार राती १२ बजे सकिंदै थियो । बाँकेमा पछिल्ला दिनमा सरकारी, सेवाग्राही कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना देखिएपछि नेपालगन्जमा समुदायमा नै कोरोना फैलिएको आंशका गरिएको छ ।