बाँकेमा सीसीएमसीको आपतकालिन बैठक बस्दै

|

नेपालगञ्ज / नेपालगञ्जमा एकैपटक २७ जना कोरोना संक्रमित देखिएपछि जिल्ला प्रशासन कार्यालय, बाँकेमा जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आपतकालिन बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहने सीसीएमसीको आपतकालिन बैठकले नयाँ देखिएका संक्रमितको व्यवस्थापनदेखि अब कसरी अघि बढ्ने भन्नेबारेमा छलफल चलाएको छ । नेपालगञ्जको आदर्शनगरमा नौ जना र खजुराको क्यान्सर अस्पतालमा १५ जना कोरोना संक्रमित बसिरहेका छन् । आज पुष्टि भएका संक्रमितलाई कहाँ राख्नेबारे अधिकारीहरु छलफलमा जुटेका छन् ।

सधैं व्यस्त रहने त्रिभुवनचोकमा १६ जना र सेवाग्राहीको भीडभाड हुने आन्तरिक राजश्व कार्यालयमा एघार जना कर्मचारीमा कोरोना पुष्टि भएपछि संक्रमणलाई समुदायमा फैलिन नदिन के गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ ।
सडकमा मास्क बाँडेर मास्क लगाउन, सामाजिक दुरी कायम गर्न र सेनिटाइजरको प्रयोग गर्न चेतना दिने अभियान थालेको स्थानीय प्रहरी प्रशासनले समुदायस्तरमा एकैपटक धेरैजनामा कोरोना देखिएपछि अलिकति कडा कदम चाल्ने आकलन गरिएको छ । बिहिबार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (सिसीएमसी) को बैठकले आईतबारदेखी तिनदिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।

२०७७ श्रावण १५, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।