काठमाडौं । अमेरिकास्थित पेन्सीलभेनिया नेप्लीज गुठी एसोसिएसनले नेपालका विभिन्न सञ्चार माध्यमहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सो एसोसिएसनको सहयोगमा सैलुङअनलाइनको संयोजनमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङ, तामाङ अन्तर्राष्ट्रिय परिषदका उपाध्यक्ष टासी तामाङ, तामाङ घेदुङका उपाध्यक्ष कुमार तामाङले सामूहिक रुपमा विभिन्न संचार संस्था र व्यक्तिहरुलाई सहयोग हस्तान्तरण गरेका थिए ।
कोरोनाको कहरका बीच फ्रन्टलाइनमा सक्रिय पत्रकारहरुका लागि सेनेटाइजर, मास्क, ग्लोब्स, थर्मल गन र फेसमास्क वितरण गरिएको थियो । कार्यक्रममा पत्रकार महासंघका महासचिव विष्ट, फोनिज अध्यक्ष गुरुङ, परिषदका उपाध्यक्ष तामाङ, घेदुङका उपाध्यक्ष तामाङ, चर्चित कलाकार बुद्धि तामाङ लगायतले सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रम सैलुङअनलाइनका अध्यक्ष श्याम योञ्जनको अध्यक्षतामा भएको थियो भने सम्पादक अर्जुनबहादुर तामाङले सञ्चालन गरेका थिए ।
Source- Nagarik khabar