वीरगञ्ज / पर्साको क्षेत्र नं. १ का सांसद प्रदिप यादवले केन्द्रले परिक्षण रोक्यो भन्ने बहानामा टेस्टिङ्ग रोक्नु ठूलो भुल मात्र नभई मनकारी दाताको अपमान र जनतासँगको पनि धोका भएको बताएका छन् । उनले भने “बीरगन्जमा नियमित रुपमा हुदैं आएको पिसिआर टेस्टिङ्ग हालसम्म केन्द्रले रोकेको छैन ।” त्यसकारण, व्यापक परिक्षण गर्नलाई केन्द्रको ईजाजतको कुरा गर्नुको तुक नभएको सांसद यादवले प्रष्ट पारे । सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै सांसद यादव भन्छन् “पर्सामा समुदायसम्म कोरोनो बढेकोले प्रशासनले निषेधाज्ञा लगाएर कोरोनोको चैन तोड़ने प्रयास गरेको छ, यो राम्रो कदम हो ।”
सांसद यादवले निषेधाज्ञा मात्र लगाएर नहुने भन्दै भने “अब आवश्यकता छ भन्ने कन्ट्याक्ट ट्रेसिङ्ग, टेस्टिङ्ग, समुदायमा मास टेस्टिङ्गको ।” “जुन–जुन एरियमा कोरोना पेजिटिभ केस देखिएको छ, त्यो एरिया सिल गरि टेस्टिङ्ग बढाउनु अति आवश्यक छ” उनले भने । त्यसैगरी, कोभिड–१९ अस्थायी अस्पताल गण्डक कोरोनोको बिरामीले भर्न लागिसकेकोले तत्काल थप आईसोलेसनको व्यवस्थापन गरी संचालनमा ल्याउन पनि उनले स्थानीय सरकार सक्रिय हुनुपर्ने बताएका छन् । यसमा आवश्यक कदम चाल्न प्रशासन तथा विपत व्यवस्थापन समिति पर्सालाई सांसद यादवले अनुरोध गरेका छन् ।
अहिलेको समयमा नागरिक माथि आएको विपत्तिमा सबै मिलेर लड्न जरूरी रहेकोले समन्वय र सहकार्यका लागि सरोकारवाला कोही पनि उदासीन हुन नहुने सांसद यादवले बताए । कोरोनासित जित्नको लागि सबैको हात सबैको साथको जरूरी रहेको उनले औंल्याए ।