वीरगञ्ज । राष्ट्रिय विद्यार्थि संघ पर्साले पिसिआर परिक्षणलाई तिब्रता दिँदै निषेधाज्ञा लगाउँनु पर्ने माग गरेको छ । संघले आज एउटा प्रेस बिज्ञप्ति निकाल्दै विगतको जस्तै गल्तीलाई नदोहोर्याउँदै मास परिक्षणलाई सुनिश्चित गरेरा मात्र पर्सामा निषेधाज्ञा लागु गर्ने माग गरेको हो । संघका वरिष्ठ जिल्ला उपाध्यक्ष सुमीत चौरसियाले निकालेको विज्ञप्तिमा संघले वीरगञ्ज महानगरपालिकाले विभिन्न दाताहरुसँग सहयोग सङ्कलन गरेर खरिद गरेको पिसिआर मेसिनबाट पकेट क्षेत्र निर्धारण गरी कोरोनो परिक्षणलाई तत्काल सुरु गर्नुपर्ने धारणा राखेको छ ।
पर्सा जिल्लामा कोरोनाभाइरसको संक्रमण समुदाय स्तरमै फैलिएको विषय बारे चिन्ता व्यक्त गर्दै उपाध्यक्ष चौरसियाले संघ सरकारदेखी स्थानीय प्रशासन समेत कोरोनो नियन्त्रणमा चुकेको आरोप लगाएका छन् । उनले तिनै तहको सरकार र स्थानिय प्रशासनबिचमा सहि तालमेल नहुँदा स्थिति भयावह बनेको बताउँदै चिन्ता व्यक्त गरेका छन् । ‘यहाँकै स्थानीय व्यापारी, संघ संस्था, नागरिकबाट संकलन भएको सहयोगबाट खरिद गरीएको पिसिआर मेशीन सञ्चालनको लागि केन्द्रको निर्देशन कुरेर बस्नु अस्वभाविक देखिएको हुँदा तत्काल पिसिआर मेशीन सञ्चालन गरेर पिसिआर परिक्ष्णको दायरा फराकिलो बनाउन पनि जोडदार माग गर्दछौ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।’
उपाध्यक्ष चौरसिया राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय प्रशासन लगायतको निष्क्रियताको परिणाम अहिले सर्वसाधारण जनताले बेहोर्नुपरीरहेको बताएका छन् । ‘तिब्र गतिमा पिसिआर परिक्षण नगरी अहिलेको विषम परिस्थितीमा पनि कानमा तेल हालेर बस्दा सर्वसाधारण कोरोना भाइरसको सिकार बन्न विवश छन्,’ चौरसियाले भनेका छन्, ‘हतारमा काम फुर्सदमा पश्चाताप भनेजस्तै अवस्था अहिले पर्सा जिल्लाका स्थानीय तथ र स्थानीय प्रशासनको भएको छ । भर्खरै संक्रमण देखा परेको अवस्थामा तिब्र गतिमा परिक्षण गरेर पर्सा जिल्लालाई कोरोना भाइरस संक्रमणमुक्त बनाउनुपर्ने भएपनि त्यसो नगर्दा अहिले पछुताउनुपर्ने अवस्थाको सृजना भएको राष्ट्रिय विद्यार्थि संघको ठम्म्याई छ ।’
उनले बर्तमान परिवेशमा कोरोना भाइरसको महामारीको चपेटामा परेको समयमा पनि व्यक्तिगत स्वार्थमा निहित रही एक अर्कालाई आरोप प्रत्यारोप लगाउने कुरा दुखद भएको र सबै निकाय एक ठाउँमा आएर समन्वय गर्दै कोरोना भाइरको विरुद्धमा लड्न आवश्यक देखिएको धारणा राखेका छन् ।