भेरी अस्पतालमा अख्तियारको छापा

|

नेपालगन्ज / भेरी अस्पताल नेपालगञ्जमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिवार छापा मारेकोछ । कोरोना भाइरस परीक्षण गर्नका लाखि खरिद गरिएको उपकरणमा भ्रष्टाचार भएको बिषयमा अनुसन्धान गरिरहेको अख्तियारले अस्पतालमा छापा मारेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले अस्पतालमा छापा मार्दै अस्पतालका कम्प्युटर अपरेटर अरुण खनाललाई श्रोत नखुलेको १६ लाख १३ हजार ९ सय ७५ रकम सहित नियन्त्रणमा लिएको छ । आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले खनाललाई रकम सहित नियन्त्रणमा लिएको बताए ।

कोरोना भाइरस परीक्षण गर्ने उपकरण लगायतका स्वास्थ्य सामाग्री प्रकृया अवलम्वन नगरि खरिद गरेको बिषयमा आयोगले अनुसन्धान गरिरहेको छ । सोही बिषयको अनुसन्धानका क्रममा छापा मारिएको अख्तियारले जनाएको छ ।
अस्पतालले एक करोडको हाराहारीमा पर्ने कोरोना परीक्षण मेसिन खरिद गरेको थियो ।

२०७७ श्रावण ८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।