बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

|
भक्तपुर / बहुविवाह मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका-९ तौलाछें बस्ने २७ वर्षीय सबिन प्रजापतिलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भक्तपुरको २०७६ जेठ २ गतेको फैसलाले बहुविवाह मुद्दामा १ वर्ष ५ महिना १० दिन कैद र १५ हजार रुपैयाँ जरिवाना भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रजापतिलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा अदालतको आदेशले केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको परिसरले जनाएको छ ।

२०७७ श्रावण ६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।