भारतमा एकै दिनमा ४० हजारभन्दा बढी संक्रमति थपिए

|

नयाँदिल्ली। भारतमा एकै दिनमा ४० हजारभन्दा बढी संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ४ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो संख्या दैनिक संक्रमित भएकाहरुको मध्ये अहिलेसम्मकै सबैभन्दा बढी हो ।

योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ४३ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पुष्टि गरेको छ ।

भारतमा अहिले पनि ३ लाख ९० हजार ४ सय ५९ जना संक्रमित अवस्थामै रहेका छन् । ७ लाख ८७ जना संक्रमण मुक्त घर फर्किसकेका छन् । कोरोनाबाट भारतमा सबैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा ३ लाख १० हजार ४ सय ५५ जना संक्रमित भएका छन् । त्यसपछि तमिलनाडु र दिल्ली प्रदेशमा कोरोना भाइरस संक्रमणको दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

उक्त मन्त्रालयले एकैदिनमा ६ सय ८१ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या अहिलेसम्म २७ हजार ४ सय ९७ पुगेको अधिकारीहरुले जनाएका छन् ।

२०७७ श्रावण ५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।