बालबालिका र कोरोना सम्बन्धि भर्चुअल कार्यक्रम सम्पन्न

|

सुनवल / सुनवल नगरबाल संजाल सुनवलको सकृयतामा आज बालबालिका र कोरोना सम्बन्धि भर्चुअल कार्यक्रम सम्पन्न भयो ।नेपालको पहिलो बालमैत्री नगरपालिका सुनवलले कोरोना माहामारीको र लकडाउनको समयमा बालबालिकाले गरेका काम, बालबालिका माथि परेको असर, बाल बिवाहा,आत्महत्या, विषम परिस्थितिमा शिक्षाको अवस्था लगाएत विषयमा कुराकानी भएको थियो ।

कार्यक्रममा सुनवल शिक्षा शाखा प्रमुख विष्णु गोतामे, शिक्षा अधिकृत पशुपति भट्टराई, जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, सुनवल नगरपालिकाका बालमैत्री सम्पर्क व्यक्ति चुरामणि नेपाल, महिला बालबालिका शाखा प्रमुख केशरी गैरे,बालमैत्री सहजकर्ता सुम्निमा पन्थी,नगर बाल संजाल अध्यक्ष कृष्णा धिमिरे, वेद संजालका संस्थापक अध्यक्ष कृष्ण पाण्डे,नगर संजालका सल्लाहकार समीर परियार र भुवन पन्थ लगाएत नगर बाल संजाल,वडा बाल संजाल पदाधिकारी गरि ८० जनाको सहभागीता रहेको थियो ।

यो समय बालबालिकाको लागि नया कुरा सिक्ने र सिकाउन सकिने कुरा शिक्षा शाखा प्रमुख गोतामेले बताउनु भयो । नेपालमा कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको अवस्था, बालमैत्री स्थानीय शासनको प्रभावकारीता, महामारीको बेलामा सरकारले गरेको प्रयास, बालमैत्री क्वारेन्टाइनको अवस्था बारे जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेले सहजीकरण गर्नु भएको थियो । साथै बालबालिकालाई यो समयमा आफ्नो मौलिक सृजना गर्न र त्यसलाई संकलन गरेर लकडाउन डायरी बनाउन अनि सबैलाई सतर्कता अपनाउन अनुरोध पनि गर्नु भयो । सुनवलले गरेको यो कार्यक्रम तथा प्रयासको प्रशंसा सँगै यो कार्यकमले बालबालिकालाई सचेत बनाउने र माहामारीको बेला बालबालिकाको समस्या बाहिर ल्याउन र समधान गर्न ठूलो भुमिका खेल्ने कुरा पनि राख्नु भयो।

२०७७ श्रावण ३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।