रगतको अभाव हुन नदिन युवाहरुद्वारा रक्तदान

|

रूपन्देही / रूपन्देहीको मायादेवी गाउँपालिका वडा नं ६ बेथरीका युवाहरुको सक्रियतामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मायादेवी गाउँपालिकाको आर्थिक सहयोग एक्युट ब्लड नेपाल (बअगतभदयियम.अयm) र सिद्धिविनायक पोलिक्लिनिकको सहआयोजना तथा बेथरीका युवाहरुको आयोजनामा संचालित सो कार्यक्रममा रुपन्देही र कपिलवस्तुका विभिन्न ठाउँका व्यक्तिहरूले रक्तदान गरेका छन् ।

मायादेवी गाउँपालिकाका प्रमुख ध्रुव नारायण चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुंगानाको उपस्थिति रहेको उक्त कार्यक्रम सिद्धिविनायक पोलिक्लिनिकको प्राङ्गणमा आयोजना गरिएको थियो । सो रक्तदान कार्यक्रममा ४० जना रक्तदाताहरले रक्तदान गरेका छन् । विगतका ४ महिना देखि निरन्तर भइरहेको लकडाउनका कारण रगत संकलन केन्द्रहरूमा भएको रगत अभावलाई कम गर्न यो रक्तदान कार्यक्रम राखिएको कार्यक्रम संयोजक अभिषेक त्रिपाठीले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रम स्वास्थ्यकर्मीहरुको निगरानीमा सुरक्षित रूपमा सम्पन्न भएको सिद्धिबिनायक पोलिक्लिनिकका संचालक डा. मान बहादुर प्रजापतिले जानकारी दिनुभयो ।

२०७७ श्रावण ३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।