
बाँके / लियो क्लब अफ नेपालगन्ज इनोभेटिभ र लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभको संयुक्त आयोजना तथा सामना युवा क्लबको सहकार्यमा शनिबार निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतनामुलक कार्यक्रम राप्तीसोनारी गाउँपालिका वडा नं ६ उच्वा छटकपुर गाउँमा सम्पन्न भएको छ ।
लियो क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष लियो प्रकाश कुंवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व डिस्ट्रक्ट गभर्नर ला. मधुसुदन शर्मा, जोन संयोजक सरोवर प्रसाई, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर तथा रिजन संयोजक उमा थापा मगर, डिस्ट्रकिट संयोजक मुकुट ढकाल, पुर्व डिस्ट्रक्ट अध्यक्ष विष्णु श्रेष्ठ, राप्तीसोनारी गाउँपालिका वडा नं ६ कि वडा सदस्य सेतु बिक लगायत विभिन्न लियो तथा लायन्स क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो ।
यस कार्यक्रममा १२० जना स्थानीय नागरिकहरुको सहभागितामा साधारण स्वास्थ्य शिविरमा तौल परिक्षण, रक्तचाप परिक्षण, सुगर परिक्षण जस्ता कार्यक्रमहरु सम्पन्न भयो त्यसका साथै जनचेतना मुलक कार्यक्रम अन्तर्गत शारिरिक सरसफाई, सन्तुलित खानपान, मेन्सुरेसन सेनिटेशन, स्वास्थ्य सम्बन्धी परामर्श लगायतका कार्यक्रम गरिएको लियो क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष लियो प्रकाश कुंवरले जानकारी दिनुभयो ।